पाल्पामा लडेर एक जनाको मृत्यु

13
SHARES
107
VIEWS

पुस-१९
पाल्पामा हिजो बेलुका लडेर घाइते भएका एक जनाको आज मृत्यु भएको छ। आज मृत्यु हुनेमा माथागढी गाउँपालिका वडा नम्बर १ चिदिपानीका ५१ वर्षका गंगा बहादुर सार्की रहेका छन् । हिजो बेलुका करिब ६ बजे तिर आफ्नो घरदेखि घ्याङसिङतर्फ जाने क्रममा बाटो देखि करिब ७ फिट तल खसेर घाइते भएका गंगा बहादुरलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पामा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । उपचारका लागि पाल्पा मिसन अस्पतालमा ल्याइएको भएपनि उनकोबाटोमै मृत्यु भएको र सो घटना सम्बन्धि थप अनुसन्धान भैरहेको सूचना अधिकारी गिरीले जानकारी दिनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार