स्याङ्जामा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

13
SHARES
107
VIEWS

पुस -२०
स्याङ्जा – स्याङ्जामा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुनेमा चापाकोट नगरपालिका वडा नम्बर ६ की ७७ बर्षकी महिला रहेका छन् । मृतक महिलामा पुस १३ गते कोरोना संक्रमणको पुष्टि भएकोमा आज बिहान ५:४५ बजे उपचारका क्रममा फिस्टेल अस्पताल पोखरामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ। मृतक महिलामा कोभिड निमोनिया र उच्च रक्तचापको समस्या रहेको थियो। स्याङ्जामा कोरोना संक्रमण बाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार