स्याङ्जामा जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

12
SHARES
104
VIEWS

पुस-२२
स्याङ्जामा प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भिरकोट नगरपालिका वडा नम्बर ५ स्थायी घर भइ वडा नम्बर ६ मा बसोबास गर्दै आएका १९ वर्षका आशिष थापा रहेका छन् । आरोपित थापाले पुस १८ गते १० बजेको समयमा पुतलीबजार नगरपालिकाकी १७ वर्षीया बालिकालाई बिबाह गर्छु भनी करणी गरेको जाहेरी परेको कारण पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी एवम् प्रबक्ता राजेन्द्रप्रसाद प्रसाद अधिकारीले जानकारी दिनुभयो। आरोपित थापालाई पक्राउ गरि स्याङ्जा अदालतबाट थप ५ दिनको म्याद लिएर अनुसन्धान कार्य जारी रहेको अधिकारीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार