चुरामणि तिमिल्सिना
पुस २२ – (गुल्मी ) श्री जनता माध्यमिक विद्यालय सत्यवति गाउँपालिका वडा नम्बर १ अस्लेवा चौरले १४ जना विद्यालयका उत्कृष्ट विद्यार्थीका आमा ( अभिभावक ) हरुलाई सम्मान गर्दै स्थापना कालको ५४ औ वार्षिकोत्सब समारोह विविध कार्यक्रमका साथ सम्पन्न गरेको हो । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष चिन्तामणी पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी सत्यवती गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष तथा पालिका सामाजिक विकास समितिका संयोजक भिमलाल पाण्डे प्रमुख अतिथी रहनु भएको थियो। पूर्व जिविस सदस्य अध्यक्ष टिकाराम पाण्डे कार्यक्रममा विशिष्ट अतिथी रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाण्डेले बिद्यार्थी , शिक्षक , अभिभावक र शिक्षाप्रेमी हरुको चासो भएमा अवश्य नै शिक्षाको गुणस्तर बिकासमा कमि नहुने बताउदै आगामी दिनहरुमा विद्यालय सञ्चालन गर्ने प्राबिधिक धारको शिक्षामा पालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा सहायक प्रधानाध्यापक चिरञ्जीवी पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो। विद्यालयका प्रधानाध्यापक युगराज पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समग्र पठनपाठन आधुनिक प्रबिधिबाट गराउन सकेमा शिक्षामा आमूल परिवर्तन गर्न सकिने बताउनु भयो । यहीँ कार्यक्रमको अबसर पारेर यसै विद्यालयमा बि. स. २०६४ सालमा एसएलसी परिक्षामा उतिर्ण भएका बिद्यार्थीहरुले जापनबाट मोहन कुँवरको नेतृत्वमा संकलन भएको रकम रु १ लाख ५८ हजार ८ सय उनासी रुपैया ईश्वरी कुँवर र रन्जना कुँवरले प्रधानाध्यापक तथा अध्यक्षलाई हस्तान्तरण गर्नु भयो। यो रकम नितान्त बिपन्न बिद्यार्थी कल्याणकारी कोषमा अक्षयकोषमा जम्मा हुने प्रधानाध्यापक पाण्डेले जानकारी गराउनु भयो। समारोहमा विविध बिधाका नगद तथा जिन्सी पुरस्कार समेत विद्यार्थीहरुलाई प्रदान गरिएको थियो। बिद्यालयको समग्र प्रचारप्रसार तथा सन्देशमुलक समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै यस बर्ष रुरु धार्मिक सेवा सञ्चार प्रालिका अध्यक्ष तथा गुल्मीका क्रियाशील पत्रकार चुरामणी तिमिल्सिनालाई सम्मान पत्र र दोसल्लाका साथ सम्मान गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधिका तर्फबाट मुक्तिराम पाण्डे सहकारीका तर्फबाट मुकुन्द पाण्डे , पूर्व गाबिस अध्यक्ष जिबलाल पाण्डे , शिक्षक अभिभावक संघका अध्यक्ष घनश्याम पाण्डे , पूर्व अभिभावक संघका अध्यक्ष तोयनाथ पाण्डे, पूर्व अध्यक्ष बलराम अधिकारी , समाजसेवीहरु, महिला समुह तथा सामाजिक अभियान्ता लगायतको सहभागीता रहेको थियोे । कार्यक्रमको सञ्चालन शिक्षक बिष्णु प्रसाद पाण्डेले गर्नु भएको थियो।
Discussion about this post