पाल्पा २२ पुष
बिष्णु पाण्डे तिनाउ गाउँपालिका वडा न ६ को कोलाङमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरीएको छ । सामुदायिक स्वास्थ्य ईकाईको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तिमगरले उद्घाटन गर्नुभएको छ । उद्घाटन गर्दै अध्यक्ष मगरले आधारभुत स्वास्थ्य सेवा जनताको मौलिक हक भएकाले सबै नागरीकले निशुल्क स्वास्थ्य सेवा र औषधी प्राप्त गरुन भनी दुर्गम बस्तीहरुमा स्वास्थ्य ईकाइई स्थापना गरीएको बताउनुभयो ।उद्घाटन कार्यक्रममा उपाध्यक्ष दयमन्ती थापा , प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठ, प्रबक्ता , राजेश श्रेष्ठ ,वडा अध्यक्ष दल बहादुर दर्लामी लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
वडा न ६ का अध्यक्ष टोप बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तिनाउ स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्किले गर्नुभएको थियो । उक्त स्वास्थ्य ईकार्एले वडा न ६ को कोलाङ , बेलडाडाँ ,चिदिस र शिखरडाडाँ गरी २०० घरधुरीलाई सेवा दिने स्वास्थ्य ईकाईका अहेव देवि खासुले बताउनुभयो ।४ वटा स्वास्थ्य चौकि रहेको तिनाउमा हाल सम्म १० वटा स्वास्थ्य ईकाई स्थापना गरीएको र अब तिनाउका जनताले निशुल्क स्वास्थ्य सेवा लिन १ घण्टा लामो पौदलयात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको अध्यक्ष घर्तिले बताउनुभयो ।
Discussion about this post