पुस-२५
पाल्पा – पाल्पामा आज दिउँसो ४:२५ बजेको समयमा एक बेवारिसे अवस्थामा मृत शिशु फेला परेको छ । तानसेन नगरपालिका वडा नम्बर ५ सितलडाँडामा तानसेन रानीमहल सडक खण्डको छेउमा बेवारिसे अवस्थामा महिना नपुगेको र लिङ्ग पहिचान समेत नभएको एक शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो । बच्चा कस्ले र किन फालिएको भन्ने बारेमा भने आइनसकेको सूचना अधिकारी गिरीले बताउनुभयो । उक्त घट्नाका बारेमा थप अनुसन्धान भैरहेको पाल्पा प्रहरीले जनाएको छ
Discussion about this post