क्यान्सर पीडित हिमाल बिकद्वारा सहयोग याचना

14
SHARES
118
VIEWS

पुस -२५

स्याङ्जा – स्याङ्जाका क्यान्सर पीडित हिमाल बिकले थप उपचारकालागि सहयोगको आग्रह गरेका छन् । कालीगण्डकी गाउँपालिका वडा नम्बर १ समिचौर निवासी हिमाल बिक केही महिना देखि घुँडाको क्यान्सर रोगसँग लड्दै आएका छन् । उपचारका लागि पर्याप्त रकम नहुँदा बिकको उपचारमा समस्या उत्पन्न भएको छ। आफ्नो परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक भएकोले क्यान्सर पीडित छोराको उपचार गर्नलाई कठिन भएको बिकका बुबा लाल बहादुर बिकले बताउनुभयो । बि.सं. २०५३ सालमा जन्मिएका बिक केही गर्ने , केही बन्ने तथा लाउ-लाउ र खाउ-खाउ भन्ने उमेरमा आफू क्यान्सरबाट पीडित भएकोले सहयोगीमनहरु सामु बिकले सहयोगको याचना गरेका छन् । देश तथा बिदेशमा रहनुभएका सम्पूर्ण सहयोगी मनहरुले सहयोग गरिदिए आफु क्यान्सर रोगबाट मुक्त हुने आशा लिएको बताउदै बिकले आफ्नो बुवाको घाँटीमा आएको गिर्खाको समेत अपरेसन गर्न नसकेकोमा दुखेसो व्यक्त गर्नु भयो। बिकको हाल बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचार भैरहेको छ। बिकको उपचारको सहयोगका लागि एभेरेष्ट बैंकको खाता नं: ००४००५०१२२५२५७ (00400501225257) लाल बहादुर कामी। बिदेशबाट सहयोगका लागि सुईफ्ट कोड नं: EVBLNPKA प्रयोग गरि सहयोग गर्न सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार