होटल पौवाले माघे संक्रान्तिमा परम्परागत परिकार पस्कने

17
SHARES
144
VIEWS

पाल्पा २८ पुस
माघे संक्रान्तिलाई लक्षीत गर्दै होटल पौवा पाल्पाले माघीको परिकार खुवाउने भएको छ ।
आगामी माघ १ गते (माघे संक्रान्ति) संक्रान्तिका दिन परम्परा देखि खाईंदै आएको परिकारहरु ग्राहकहरुका लागि निशुल्क खुवाउन थालिएकोको होटल पौवा पाल्पाले जनाएको छ । पौवा गु्रपका अनुसार जुन जुन स्थानमा पौवाका शाखाहरु छन् सोहि शाखा रहेको स्थानमा स्थानीयले परम्परा देखि खाँदै आएको परिकार ग्राहकहरुलाई खुवाउन लागिएको हो ।
थारु समुदायमा माघीको प्रमुख परिकार ढिक्री, माछाको अचार, खिचडी, तरुल, सखरखण्ड सबै शाखाहरुमा उपलब्ध हुुनेछन् भने पाल्पामा स्पेशल सेलरोटी र लोकल अचार पनि ग्राहकका लागि उपलब्ध गराईने पाल्पा शाखाका प्रबन्ध निर्देशक शालिक खरेलले बताउनुभयाे । परम्परालाई निरन्तरता दिन र नेपाली संस्कृतिको जगेर्ना गर्न चाड अनुसारको स्वाद कार्यक्रम अगाडी ल्याईएको खरेलले बताउनुभयाे । होटल पौवाले कर्णाली प्रदेशको जुम्ला सहित लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु, रुपन्देही, पाल्पा र गुल्मीमा गरि ८ वटा शाखा संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार