रुरु क्षेत्रमा मेला नलाग्ने :-स्नान र दर्शनकालागि प्रशासनबाट अनुमती

14
SHARES
119
VIEWS

पुस -२९

गुल्मी – पाल्पा ,स्याङ्जा र गुल्मी जिल्लाको संगम स्थल रिडी रुरु क्षेत्रमा माघे संक्रान्तिको अवसरमा यो वर्ष मेला नलाग्ने भएको छ। कोभिड-१९ को जोखिम कायमै रहेको भन्दै स्नान र दर्शनका लागि आउने श्रद्धालु भक्तजनहरुका लागि बाहेक मेलाका कुनै किसिमका ठूला कार्यक्रमहरु आयोजना गर्न निषेध गरिएको गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले जानकारी दिनुभयो। जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले दर्शन र स्नानका लागि आउने भक्तजनहरुकालागि पूर्ण सुरक्षा मापदण्डकासाथ मन्दिर दर्शन र स्नानकालागि सम्बन्धित सरोकारवाला र सुरक्षानिकायहरुले सहजीकरण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो।

रुरु क्षेत्रमा कालीगण्डकीमा नुहाउन र अर्गली क्षेत्रमा रहेको ऋषिकेशव मन्दिरमा दर्शन गर्दा पुण्य प्राप्त गरिने बिश्वासले माघे संक्रान्तिको दिनमा स्नान र दर्शन गर्नेहरुको घुइँचो हुने गरेको छ । नेपालको चार धामहरु मध्येको एक धाम मध्ये रुरु क्षेत्रमा नेपाल सहित भारतबाट श्रद्धालु भक्तजनहरुको चहलपहल हुने गर्दथ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार