माघ-१
गुल्मीकी एक महिलाले पाल्पामा झुन्डिएर आत्महत्या गरिकी छिन् । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक स्थायी घर भइ हाल तानसेन नगरपालिका वडा नम्बर ६ बुच्चेधारामा वस्दै आएकी करिव ४५ वर्षीया तेज कुमारी केसीले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। विगत १०/१२ वर्ष अगाडि देखि पाल्पामा वस्दै आएकी तेजकुमारीले खिर्लाको रुखमा पासो लगाइ झुन्डिएर मृत अवस्थामा आज १२:२५ बजेको समयमा फेला परेकी थिइन् । उक्त घटना सम्बन्धि जिल्ला प्रहरी कार्यलयबाट प्रहरी निरीक्षक सहितको टोली घटना स्थलमा पुगेर अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।
Discussion about this post