अमर ज्योति बचत तथा ऋण सहकारी द्वारा रिडीमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

19
SHARES
161
VIEWS

चुरामणी तिमिल्सिना
माघ-४
गुल्मी -अमर ज्योति बचत तथा ऋण सहकारी प्रालि बुटवलले आफ्नो स्थापनाकालको १३ औ वर्षपुगेको अवसरमा रुरु क्षेत्रधाम रिडीमा सामाजिक उत्तरदायित्व कर्यक्रम सम्पन्न गरेको छ। संस्थाको वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाले रुरु क्षेत्रमा रहेका २५ जनालाई खाद्यसामग्री वितरण गरेको सहकारीका कोषाध्यक्ष लक्ष्मण प्रसाद ज्ञवालीले बताउनु भयो । संस्थाका अध्यक्ष टंकनाथ अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा मन्दिर समितिका अध्यक्ष पर्सुराम भट्टराई , जनप्रतिनिधी सीता ज्ञवाली ,सामाजिक अभियानताहरु शंकर भट्टराई ,शंकर ढेगा ,रामजी प्रसाद खनाल , हिमाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष केशवराज पोखरलले कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नु भएको थियो । कार्यक्रमका अतिथि मन्दिर समितिका अध्यक्ष भट्टराईले सामाजिक संस्थाहरुले यस्तै कल्पबासिहरुको समस्या बुझ्दै आएकोलो संस्थाको प्रगतिको कामना गर्नु भएको थियो । यहि कार्यक्रमको अवसर पारेर यसै संस्थाका सचिब तथा आत्रेय रिकन्डिसन बुटवलका संचालक कृष्ण पौडेलले आफ्ना पित्रीहरुको सम्झना गर्दै रु २२५०० कल्पबासी तथा भक्तभक्तेनी हरुलाई दक्षिणा समेत वितरण गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार