प्रथम वडा अध्यक्ष कप प्रतियोगिता सम्पन्न

13
SHARES
106
VIEWS

चुरामणी तिमिल्सिना
माघ-४
गुल्मीको रिडीमा प्रथम वडा अध्यक्ष कप प्रतियोगिता आज सम्पन्न भएको छ । माघे सन्क्रान्ती पर्वको अवसरमा रुर फ्रेन्ड्स क्लबले आयोजना गरेको भलिबल प्रतियोगितामा २० वटा समूहको सहभागिता रहेको थियो। प्रतियोगितामा ठुलो लुम्पेक खेलकुद समितीले प्रथम स्थान हासिल गरेको छ। यस्तै गरि रामपुर ९ पाल्पाले द्वितीय र कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ बिर्घा स्याङ्जाले तृतीय स्थान हासिले गर्न सफल भएको छ। कार्यक्रममा प्रथम हुने समूहलाई रु ३५ हजार द्वितीय स्थाल हासिल गर्ने समूहलाई रु २५ हजार र तृतीय स्थान हासिल गर्न सफल हुने समूहलाई रु १५ हजार ,मायाको चिनो , प्रमाण पत्र र ट्रफी वितरण गरिएको थियो। समापन सत्रका प्रमुख अतिथी वडा नम्बर १ का वडा अध्यक्ष रामलाल बिकले पालिका तथा स्थानिय सरकारको पहिचान गराउन खेलकुदले ठूलो भुमिका खेलेको भन्दै समयले साथ दिएमा आगामी बर्ष पनि यस्तै कार्यक्रम आयोजना गरिने बताउनु भयो । समापन सत्रको अध्यक्षता कार्यवाहक अध्यक्ष सोभित थापाको रहेको थियो । कार्यक्रममा सामाजिक अभियानता हिमाल थापा कयाप्टेन सुरज गुरुङ , राष्ट्रिय एम्पाएर देव थापा ,प्रादेशिक खेलाडी नारायण सारु , मोतिलाल घर्ती मगर लगायतको उपस्थिति रहेको थियो। र यसै गरि ब्याडमिन्टन प्रतियोगितामा ६४ समूहको सहभागीता रहेको थियो। कार्यक्रमको सहजीकरण क्लबका सचिब राजेन्द्र जबराले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार