तिनाउमा हाते ट्याक्टर तालिम सम्पन्न

14
SHARES
119
VIEWS


विष्णु पान्डेय
माघ ५ , पाल्पा

घरेलु तथा साना उद्याेग कार्यालय पाल्पाकाे अायाेजना र तिनाउ गाउपालिकाकाे अार्थिक सहयाेग र युवा समन्वय समिति तिनाउकाे समन्वयमा सञ्चालित हाते ट्याक्टर मर्मत तालिमकाे समापन गरिएकाे छ।
समापन कार्यक्रममा प्रमुख अतिथि गाउपालिका अध्यक्ष अाेम बहादुर घर्तिले तालिममा सिकेका सिपकाे सदुपयाेग गर्न अाग्रह गर्नुभएकाे थियाे । प्रत्येक बर्ष हाते ट्याक्टरकाे माग बढ्दाे अबस्था रहेकाे भन्दै यश तालिमले युवाहरु स्वराेजगार बन्नेमा जाेड दिनुभयाे । अागामि दिनमा पनि युवालाई स्वराेजगार बनाउन पालिकाले प्लम्बिङ, हाउस वायरिङ माेबाईल मर्मतकाे तालिम सञ्चालन गर्ने बताउनुभयाे । कार्यक्रममा वडा न ४ का अध्यक्ष दान बहादुर गाहा , वडा न ५ का अध्यक्ष दल बहादुर दर्लामि , युवा सञ्जाल तिनाउका अध्यक्ष प्रेम श्रेष्ठ लगाएतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
गाउपालिकाका २० जना युवाले तालिममा भाग लिएका थिए । तालिम पुस १३ देखि २७ सम्म सञ्चालन रहेकाे थियाे । समापन समाराेहमा तालिम लिगेका युवाहरुलाई मर्मत सामग्रि समेत वितरण गरिएकाे थियाे ।
वडा न ३ का अध्यक्ष प्रेम प्रसाद पाण्डेयकाे अध्यक्षतामा चलेकाे कार्यक्रमकाे सञ्चालन घरेलु तथा साना उद्याेग कार्यालय पाल्पाका मनाेज घिमिरेले गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार