राष्ट्रिय जनमुक्ति पार्टी स्याङजाले ३० औँ स्थापना दिवस मनायो

19
SHARES
156
VIEWS


माघ -६ राष्ट्रिय जनमुक्ति पार्टी स्याङजाले गल्याङमा ३० औँ स्थापना दिवस मनाएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्य समिती स्याङजाको आयोजनामा मंगलवार गल्याङ नगरपालिका –३ मगरभवन लेमभित्तामा ३० औँ स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी संघिय परिषदका उपाध्यक्ष दल बहादुर विर्कटा मगरले शोषण र उत्पीडनमा परेकाहरुको उन्मुक्तिका लागि एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले नेपालमा शोषण र उत्पीडनमा परेका जनता आदिवासी जनजाति भएको बताउदै उनीहरु माथि आर्थिक, साँस्कृतिक, भाषिक, धार्मिक, जातिय शोषण भएकोले यस्ता विभेदको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
उपाध्यक्ष विर्कटा मगरले आफ्नो पहिचान विरोधीको भण्डाफोर गर्दे पार्टीेको पहिचान स्थापितका लागि एक हुनुको विकल्प नभएको बताउनुभयो ।
जनताको कुनै पनि चिजलाई नोक्सान नगरि उनीहरुको मन जितेर यो व्यवस्था परिवर्तन गर्न सकिन्छ भन्ने आफुहरुलाई विश्वास लागेको मगरको भनाई छ ।
विश्वास रहदासम्म आफुहरु ंिहंसाको बाटो नरोज्ने, हिंसा प्रति कुनै विश्वास नभएको भन्दै शान्तिपुर्वक समृद्ध समाजमा लाग्ने उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी युवा महासंघका अध्यक्ष शंकर गाहा मगरले भ्रष्टचारमुक्त देश निर्माण गर्न एकजुट हुनुपर्ने बताउनुभयो ।
यस्तै गल्याङ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष महेश भट्टराईले जनताको सेवा गर्न सकियो भने अगाडी बढ्न सकिने भन्दै सवै पार्टी एकसाथ भएर लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी संघिय प्रादेशिक उपाध्यक्ष हस्त बहादुर थापा, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य महेन्द्र थापा, नेपाल मगर संघका केन्द्रिय सदस्य लोकेन्द्र थापा, नेपाल तरुण दल स्याङजाका सचिव चन्द्र राना, तमु ह्युला छोँजदीका अध्यक्ष नर बहादुर गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टी वालिङका अध्यक्ष खेम आले, राष्ट्रिय जनमुक्ति पार्टी स्याङजा तराई सम्र्पक मञ्चका कोषाध्यक्ष ज्योति थापाले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दे राष्ट्रिय जनमुक्ति पार्टी स्याङजाका अध्यक्ष बम लामिछाने मगरले हरेक जातजातिलाई राज्यको मुलधारमा ल्याउन पार्टीको भुमिका रहने बताउनुभयो ।
राष्ट्रिय जनमुक्ति पार्टी संघिय महासभा सदस्य पदम बहादुर गाहाको स्वागतबाट सुरु भएको कार्यक्रम अध्यक्ष बम लामिछाने मगरको सभापतित्वमा सम्पन्न भएको थियो ।
भने कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमुक्ति पार्टी स्याङजाका सचिव कृष्ण माया रानाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार