गुल्मीमा परिचयपत्र वितरण सुरु

13
SHARES
109
VIEWS


हुमाकान्त पोख्रेल
गुल्मी, ०६ माघ । गुल्मीमा गरिबी परिचयपत्र वितरण हुने भएको छ ।असार मसान्तसम्म जिल्लाका सबै पालिकामा परिचय पत्र वितरण हुने भएको हो ।सम्बन्धित स्थानीय तहमा गई तथ्याङ्क संकलन गर्न प्रत्येक पालिकामा सुपरिवेक्षक तथा गणकहरुको छनोट गरिएको छ । छनोट भएका गणक तथा सुपरिवेक्षकका लागि सोमबारदेखि गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम सम्बन्धमा तालिम संचालन भएको छ । तालिमको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्ध्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ शर्माले गाउँमा नम्र र शिष्ट भाषा प्रयोग गरेर तथ्याङ्क संकलन गर्न गणकहरुलाई निर्देशन दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार