माघ-७
पाल्पा – पाल्पामा भरुवा बन्दुकले लागेर एक जनाको मृत्यु भएको छ। पूर्वखोला गाउँपालिका वडा नम्बर २ साठीखोलामा बस्दै आएका ३८ वर्षका वीर बहादुर सारु मगरको भरुवा बन्दुकले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ। आज बिहान ३ बजेको समयमा भान्साकोठाबाट एक्कासी बन्दुकको आवाज आए पश्चात् कोठामा हेर्न जादा मृतकका दाइ नर बहादुर सारुले आफ्नो भाइलाई मृत अवस्थामा फेला पारेका थिए। मृतक वीर बहादुरले आफ्नै घरको भान्साकोठामा एक नाले भरुवा बन्दुक कोठामा राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। प्रहरीले भरुवा बन्दुक नियन्त्रणमा लिइ घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
Discussion about this post