माघ-७
पाल्पा – पाल्पामा माटोको ढिस्कोले च्यापिएर एक जना घाइते भएका छन् । घाइते हुनेमा बाघचौर नगरपालिका वडा नम्बर १ सल्यानका ४७ वर्षका भोग बहादुर बस्नेत रहेका छन् । आज बिहान करिब ९ बजेको समयमा रामपुर नगरपालिका वडा नम्बर १ स्याउलिबजारमा कालीगण्डकी करिडोर अन्तर्गतको सडक खण्डमा काम गरिरहेका बस्नेतलाई एक्कासि माटोको ढिस्को खसेर च्यापेको थियो। ढिस्कोले च्यापिएर घाइते भएका बस्नेतको हाल पाल्पामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। उनको अवस्था मध्यम रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post