रिडी माविमा बिज्ञान क्लब गठन

15
SHARES
123
VIEWS

माघ-८
चुरामणी तिमिल्सिना
गुल्मी – रिडी माध्यमिक विद्यालय रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडीमा प्रधानाध्यापक रोहित भण्डारीको प्रमुख संरक्षण रहने गरि अनुज न्यौपानेको अध्यक्षतामा विज्ञान क्लवको गठन गरिएको छ । विज्ञान विषयको सबै कुराहरुलाइ सहजीकरण गर्न , आधुनिक प्रबिधि सँग सबै विद्यार्थीहरुलाई जोड्न तथा विद्यार्थीको दैनिक क्रियाकलापलाई प्रभावकारी बनाउन उक्त क्लव गठन गरिएको प्रधानाध्यापक रोहित भण्डारीले बताउनु भयो । भण्डारीको अग्रसरतामा १९ सदस्य समितिको निर्माण गरिएको हो । जस्को उपाध्यक्षमा प्रल्हाद ज्ञवाली, सचीवमा सचिन ज्ञवाली , कोषाध्यक्षमा कृष्टिना कुँवर रहेका छन् । यस्तै अन्य सदस्यहरुमा पदम पाण्डे , पुर्णिामा ज्ञवाली , अनिस ज्ञवाली प्रवेश चन , सचिन खनाल ,बबिता थापा , प्रतिमा ज्ञवाली , दिपेश श्रेष्ठ दिनेश ज्ञवाली ,भुवन कुवर अमृत कुवर संकल्प मरासिनी , सुप्रिया भट्टराई र बिहानी ज्ञवाली रहनु भएको छ । यस्तै समितिको कार्यक्रमलाई सल्लाह सुझाव प्रदान गर्न शिक्षकहरु टिकाराम पौडेल , बालकृष्ण ज्ञवाली र गणेश ज्ञवाली लाई चयन गरिएको छ। यस्तै विद्यालयका सहायक प्रधानाध्यापक अनिल कुमार श्रेष्ठले सबै चयन हुनु भएका पधाधिकारिहरुलाई शुभकामना प्रदान गर्दै समितिको काम कर्तव्य रअधिकार आधुनिक प्रबिधी सँग जेडेर अगाडी बढ्न सकेमा सबै अन्य बिद्यालयहरुले पनि उक्त कार्यको सिको गर्न सक्ने बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार