नेपाली कांग्रेसद्धारा स्याङ्जाको मिर्मिमा विरोध सभा

12
SHARES
102
VIEWS

माघ-९
स्याङ्जा -प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले विहिवार देशभरीका ६७४३ वडाहरुमा विरोध सभा गरेको छ ।

यसैक्रममा स्याङ्जाको कालिगण्डकि गाउँपालिका वडा न ७ ले मिर्मिमा पनि प्रतिगमनको विरोधमा सभा सम्पन्न भएको छ ।

विरोधसभामा वोल्ने सवै वक्ताहरुले ओली सरकारले गरेका कामहरुको चर्काेरुपमा विरोध गरेका थिए ।

विरोध सभामा वोल्दै नेपाल विधार्थी संघ कालिगण्डकिका सभापति रेश्मिराज न्यौपानेले टेम्पोको इन्जीन राखेर चलाएको विमान दुर्घटना भएको ब्यग्य गर्दै ओली सरकारले गरेको असवैधानिक कदमको विरोध गरेका थिए ।

यसैगरी विरोध सभामा सुमित्रा भट्टराई,यज्ञमूर्ती न्यौपाने,होमराज भट्टराई,खगराज भट्टराई,लगायतका वब्ताहरुले ओली सरकारको चर्काेरुपमा विरोध गरेका थिए ।
वडा सभापति भिम प्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन नेपाली काग्रेस क्षेत्रिय प्रतिनिधि ओम प्रकाश भट्टराईले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार