पाल्पामा भरुवा बन्दुकको छर्राले लागेर एकजनाको मृत्यु

13
SHARES
107
VIEWS

माघ-९
पाल्पामा भरुवा बन्दुकको छर्राले लागेर एक जना बालकको मृत्यु भएको छ। बिहीवार ९ बजे रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ दाङसिङ डाँडाको चिलाउने सामुदायिक बनमा शिकार खेल्न गएका चार जना मध्ये एक जनाको भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको हो। पाल्पा प्रहरी कार्यलयका अनुसार छर्राले लागेर मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ बस्ने १३ वर्षका लक्ष्मण छहारी रहेका छन् ।
उक्त घटना पश्चात् प्रहरीले बन्दुक र शिकार खेल्न सँगै गएका अन्य तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ४ भर्माटुङ बस्ने १७ वर्षका ज्ञान बहादुर गाहा , सोही स्थान बस्ने कमल राना र रिब्दीकोट गाउँपालिका वडा नम्बर ८ दानसिङ डाँडाका १३ वर्षका देव बहादुर गाहा रहेका छन्। उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार