विर्घाका बिजय गौतमद्वारा आलमदेवी मन्दिरलाई कुर्ची प्रदान

13
SHARES
111
VIEWS

चुरामणी तिमिल्सिना
माघ-१० स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ बिर्घा गौतम टोल निवासी समाजसेवी तथा धार्मिक व्यक्तित्व विजय गौतमले स्याङ्जा आलमदेवी मन्दिरको लागि लगभग ४० हजार बराबरको स्टिल्का 3 वटा कुर्ची सेट प्रदान गर्नु भएको छ । आफू लामो समयदेखि वैदेशिक रोजगारमा भए पनि नेपाल आउँदाको समयमा गौतमले स्याङ्जा गुल्मी तथा विभिन्न क्षेत्रमा आफ्ना जिजु बुवा रन्जित , हजुरबुवा गोपिलाल र स्व. बुवा मेदनी लालको सम्झना गर्दै धार्मिक संघ सस्थाहरुमा आफ्नो परिवारहरुले सहयोग गर्दै आइरहेको धर्मपत्नी दिल कुमारी गौतमले बताउनु भयो। गौतम परिवार सानैदेखि धर्म कर्म प्रती निकै आस्थावान भएकोले बुवा आमाको सबै सपना हरु पूरा गर्न हामी दुई छोरा अस्मित र अमृत गौतमले साथ दिइरहेको बताउनु भयो। केही समय पहिला आलम देवि मन्दिरमै ३ किलो ५ किलो र ५१किलो ४०० ग्रामको घण्टा जढाउनु भएको हो । यस्तै आफ्नो पुर्खौली घर र्गौतम टोलमा समाजलाई काजक्रिया गर्न सजिलो होस भनेर आफ्नै जगा तथा आफ्नै लगानिमा क्रियापुत्री भवन निर्माण गरेर त्यही को समुदायलाई हस्तान्तरण गर्नु भएको छ । यस्तै गरि कोरोनाको कहरले मर्माहित बनेको दु:खद अवस्थामा कालीगण्डकी गाउँपालिकामा राहत स्वरुप एक लाख एघार हजारको १,११,००० राहत सहयोग गर्नु भएको छ । आफू धार्मिक मात्र नभइ संगीत क्षेत्रमा रुचि भएका गौतम पछिल्लो समयमा कलाकारको रुपमा पनि चिनिदै आएका छन् । आफ्नो गितबाट आम्दानी भएको रकम असहाय , अपांग , दुखी र आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग होस भनेर आफ्नो एउटा गितको सम्पुर्ण अधिकार र कमाइ इन्द्रेणी परिवारलाई प्रदान गरेको बताउनु भयो । उहाँले रुरु धार्मिक सेवा सन्चार प्राली कार्यलय रुरु धाम रिडी लाई पनि कार्यलयको लागि खातापाता सुरक्षित राख्नको लागि केही समयपछी १ दराज प्रदान गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार