चुरामणि तिमिल्सिना
स्याङ्जा माघ-१५ आफू जन्मेको गाउँ सबै भन्दा प्यारो हुन्छ । यसै कारणले समाजका हरेक सामाजिक संस्कृति परम्परा, रितिरिवाज रहनसहनलाई बचाउ गर्न स्थानिय समुदायले प्राय गरि हिजोआज सामाजिक संजालको बढि प्रयोग गरि सहयोग कार्यक्रम सञ्चालन गरेर कार्यक्रम प्रभावकारी बनाएको आलमदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिङ रानाले बताउनु भयो । मन्दिरको थप विकासका लागि कालीगण्डकी गाउँ पालिका वाड न ४ बिर्घा स्याङ्जाका तुल्सी राना र धर्मपत्नी तिलिसरा राना र छोरा चक्र रानाले हाल लन्डनबाट मन्दिर प्राङ्गणमा यज्ञमन्डप निर्माण गरिदिनु भएको छ । आफ्नो परिवार बेलायतमा बसोबास गर्दै आएको भएपनि आफ्नै पुर्खाले बनाएका सम्पदा संरक्षण गर्न तथा निर्माण गर्न आफु अगाडी लागी परेको तुल्सी रानाले बताउनु भयो । उहाँले मठमन्दिर मात्र हैन सामाजिक संघ सस्था , बिद्यालय , बाढी-पहिरो पिडित, असहाय , अपांग , दुखी , बिपन्न बर्गका परिवार र छाक टार्न गाह्रो परेका परिवारलाई आफ्नो बृटिस आर्मिको पेन्सनको केही प्रतिशत रकम यस्तै शीर्षकमा प्रदान गर्दै आइरहेको उहाँको श्रीमती तिलिसराले बताउनु भयो। आफूले अवका सबै कार्यक्रममा सकेसम्म जति सकिन्छ तेतिनै सहयोग सहयोग गर्ने उहाँको छोरा चक्र रानाले बताउनु भयो । आफ्ना स्व. पिता जित बहादुर राना र माता यानिसराको पुण्यस्मृतिमा सबै ठाउँहरुमा सहयोग गरिरहने राना परिवारको भनाइ रहेको छ।यति मात्र नभइ आगामी केही पर्व, तिथि तथा आफ्ना परिवारको जन्म उत्सवको अवसरमा रुरुधाम रिडीमा रहेको रुरु धार्मिक सेवा सञ्चार प्रालिको कार्यलयलाई पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । यता यस्ता सम्पदा निर्माण तथा संरक्षण गर्ने दान दाताहरुलाइ धन्यवाद दिदै समितिले सम्मान पनि गर्ने योजना बनाएर अगाडी बढेको पुजा समितिका सचिब पर्थ थापाले बताउनु भयो।
Discussion about this post