राना दम्पतीद्वारा बिद्यालयलाई आर्थिक सहयोग

12
SHARES
103
VIEWS

चुरामणी तिमिल्सिना
माघ-१७ पाल्पा -लुम्बिनी माध्यमिक बिद्यालय तानसेन नगरपालिका वडा नम्बर १२ लुहुङले आगमि बर्ष देखि कक्षा ११ र१२ सञ्चालन गर्नको लागि घरदैलो अभियानलाई तिब्रताका साथ अगाडि बढाएको विद्यालयका प्रधानाध्यापक दिपक गौतमले जानकारि दिनु भयो । करिब ५० लाख जम्मा गर्ने महान उदेश्यका साथ अभियान सञ्चालन गर्दा स्थानियमा खुसी छाएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्षोत्तम गैरेले बताउनु भयो । यसै सिलसिलामा वडा नम्बर १२ का वडा अध्यक्ष देब्रेन्द्र बहादुर राना र धर्मपत्नी भबिसरा राना र आमा रुकमाया रानाले आफ्ना स्व. पिता तुल्सिराम रानाको सम्झना गर्दै अभियानलाई सफल पुर्याउन आफ्नो आफ्नो तर्फबाट रु १ लाख पाँच हजार ५ सय ५५ रुपियाँ प्रदान गरेको अध्यक्ष रानाले जानकारि दिनु भयो । राना यसै विद्यालयमा अस्थायी शिक्षकको रुपमा २०४० सालदेखी २०४२ साल सम्म रहि शिक्षकको कार्यरत रहनु भएको थियो। अध्यक्ष राना पाल्पा खानेपानी , सेभ द चिल्ड्रेन , स्थानिय संघ- संस्थाहरुमा काम गर्दै आउनु भएको थियो। भने स्थानिय निर्वाचनमा बिजेता हासिल गरिपछि जनप्रतिनिधिको रुपमा काम गर्दै आउनु भएको छ । उहाँले भन्नूभयो वडाको तर्फबाट यसै अभियानलाई हातमा हात मिलाएर सबैलाई सहयोग गर्न पनि अनुरोध गर्नु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार