मनोहरा जेसिसद्वारा धार्मिक साँस्कृतिक धरोहर सरसफाई

12
SHARES
103
VIEWS

माघ-१७
स्याङ्जा -मनोहरा जेसिसले आज एक कार्यक्रम गरि कागेस्वरी मनोहरा ४ मा अवस्थित कान्ति भैरव मन्दिर परिसर सरसफाई गरेको छ । बर्ष २०२१मा मनोहरा जेसिसले धार्मिक धरोहर सरसफाई कार्य बाट आफ्नो कार्यक्रम सुरु गरेको हो । यस कार्यक्रम संगै जेसिसले जेष्ट नागरिक सम्मान तथा खाद्यान्न बितरण कार्यक्रम समेत गर्नेछ ।

मनोहरा जेसिसका बोर्ड सदस्य मनिस अधिकारिको सम्योजकत्वमा सप्पन्न मन्दिर सरसफाई तथा सचेतना कार्यक्रममा बोल्दै मनोहरा जेसिस २०२१का अध्यक्ष सागर रोक्काले स्वस्थ्य मानव जिवनको अभिन्न अंग रहेकाले युवा समाजको खम्बा रहेकको र युवाले समाजलाई उदरहणिय कार्य गरेर देखाउनु पर्ने कुरा बताउनु भयो ।असल र सभ्य नेतृत्व गर्ने युवाहरु तयार गर्न र युवाहरुलाई उद्ध्यमशिलता तर्फा उन्मुख गराउदै विश्व बन्धुत्व भावनाको विकास गर्न मनोहरा जेसिज लागिरहने बताउदै बर्तमान समयमा युवाले आफ्नो सस्कार र सस्कृती भुल्दै गएकाले युवाहरुमा समाज स्वस्थ्य र सरसफाई राख्दै धार्मिक तथा सास्कृतिक धरोहर संरक्षण गर्न सिकाउने उदेश्यले मनोहरा जेसिसले यस्तो थप कार्यक्रम गर्दै जानेकुरा अध्यक्ष सागर रोक्काले बताउनु भयो ।
सरसफाई कार्यक्रममा कान्ति भैरव मन्दिर संरक्षण समितिका उपाध्यक्षले मनोहरा जेसिसले आज मन्दिर सरसफाई तथा सचेतना कार्यक्रम गरेर आफ्नो कर्तव्य सम्झाएको भताउनु भयो ।

सरसफाई कार्यक्रममा मन्दिरका मुल पुजारि, स्थानीय युवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन मनोहरा जेसिसका महासचिव तुलसा आचार्यले गर्नु भएको थियो भने मनोहरा जेसिसका मिडिया तथा प्रेस सम्योजक उमेश भट्टराईले सरसफाई कार्यक्रम साथ दिनुहुने सम्पुर्णलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार