चुरामणी तिमिल्सिना
माघ-२१ -लक्ष्मीपुर मावि सत्यवती गाउँपालिका वडा नम्बर २ चेहेमिको अभिभावक भेला सम्पन्न भएको छ ।भेलाले प्रधानाध्यापक गुणदेव कुँवरको अध्यक्षतामा बिद्यालय व्यवस्थापन समितिको नयाँ कार्य समिति गठन गरेको छ। जस्मा जिबकली तरामु , टुका परियार , केशवराज पाण्डे टेक बहादुर कुँवर र पदेन सदस्यमा वडा अध्यक्ष दधिराम कुँवर रहनु भएको छ यस्तै जिबकली तरामुको अध्यक्षता शिक्षक अभिभावक संघको गठन गरिएको हो। जस्मा तिल बहादुर कुँवर लोकेन्द्र सिंजाली , रेखा सुनार , सुमित्रा कुँवर , प्रधानाध्यापक रामप्रसाद पाण्डे सदस्य सचीवमा रहनु भएको हो। बिद्यालयको आर्थिक गतिविधि पार्दर्शीता बनाउन तथा चुस्त-दुरुस्त राख्नको लागि मान बहादुर कुँवर संयोजक रह्नेको समिति निर्माण गरिएको हो । यस्तै सदस्यहरु कृष्ण कुँवर , कुमारी सिन्जाली , शेर बहादुर कुँवर, दिल कुमारी कुँवर पुनराम कुँवर र पितम्बर कुँवर रहनु भएको छ । गाउँपालिकाका शिक्षा अधिकृत रोशन घिमिरेको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण शिक्षक शेर बहादुर कुँँवरले गर्नु भएको थियो।
Discussion about this post