माघ-२१ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धि तीन दिने कार्याशाला गोष्ठी सम्पन्न भएको छ।
कालीगण्डकी गाउँपालिकाको याेजनामा र साभ नेपालकाे सहजिकरणमा उक्त तीने दिने कार्यशाला सम्पन्न भएको कालीगण्डकी गाउँपालिकाका सूचना अधिकारी हिरामणि पाण्डेले जानकारी दिनुभयो। गाउँपालिकाले आउदो शैक्षिक सत्रदेखि स्थानीय परिवेश , स्रोत साधन र कला संस्कृतीलाई समेटेर पाठ्यसामग्री प्रकाशन गरि कालीगण्डकी गाँउपालिकाकाे बिद्यालयमा लागू गर्ने तयारी रहेको सूचना अधिकारी पाण्डे जानकारी दिनुभयो। स्थानीय तहकाे पाठ्यक्रम निर्माण सम्बन्धी तीन दिने कार्यशालामा कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष साबित्रा कोइरालाको अध्यक्षतामा र कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ।।
Discussion about this post