पाल्पाको जोर्तेमा टिप्पर दुर्घटना हुँदा प्रकाश राना मगर घाइते

13
SHARES
112
VIEWS

माघ-२१
पाल्पामा आज बिहान टिप्पर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । रिब्दीकोट गाउँपालिका गाउँपालिका वडा नम्बर २ जोर्ते स्थित रिडी तानसेन सडक खण्ड अन्तर्गत जोर्तेमा आज बिहान लु २ ख ३५७१ नम्बरको टिप्पर सडकबाट १०० मिटर तल खस्दा उक्त दुर्घटना हुन पुगेको थियो। दुर्घटनामा परि तानसेन नगरपालिका वडा नम्बर १४ बस्ने ३५ वर्षीय प्रकाश रानामगर घाइते भएको जिल्ला प्रहरी कार्यलय पालपाले जनाएको छ । आज बिहान ४ बजे बुटवलबाट रिडी तर्फ आउदै गर्दा दुर्घटनामा परि गम्भीर घाइते भएका रानामगरलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेनमा लगिएको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार