छोरा प्रतिप गैरेको जन्मदिनको अवसरमा बुवाआमाद्वारा बिद्यालयलाई लाखौको आर्थिक सहयोग

19
SHARES
160
VIEWS

चुरामणी तिमिल्सिना
माघ-२१ (पाल्पा) तानसेन नगरपालिका वडा नम्बर १२ लुहुङ पाल्पा निवासी सामाजिक अभियान्ता एवं धार्मिक अनुरागी तथा लुम्बिनी माविका सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तम गैरे र सोही बिद्यालयकी पूर्व शिक्षिका प्रेम कला गैरेले आफ्ना छोरा प्रदिप गैरेको शुभ जन्म दिनको पावन अवसरमा बिद्यालयलाई अर्थिक सहयोग प्रदान पगर्नुभएको छ। गैरे दम्पतीद्वारा रु १ लाख ५ हजार ५ सय ५५ रुपियाँ अभिभावक संघका अध्यक्ष तारा बहादुर राना र बिद्यालयका प्रधानाध्यापक दिपक गौतमलाई हस्तान्तरण गर्नुभएको हो। अध्यक्ष गैरका सम्पुर्ण परिवारका सदस्यहरु यसै बिद्यालयमा अध्ययन-अध्यापन कार्यमा सहभागी हुँदै आएका छन् । सोही बिद्यालयमा अध्ययन गरि उच्च शिक्षा हासिल गरेका कारण राम्रो आम्दानी गर्न सफल भएको हुनाले आफुहरुले बिद्यालय लाई सक्दो सहयोग गरेको छोरा प्रदिपले गैरेले बताउनु भयो । प्रायः गरि समाजमा जन्म दिनमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा हस्तान्तरण गर्न पाउदा आफ्नो परिवारमा खुसी छाएको प्रेमकला गैरेले बताउनु भयो । यस्तै पर्व , उत्सव तथा तिथिहरुमा परिवारको नामबाट सान-तिनो रकम भएपनि सहयोग गर्दै आईरहेको गैरे परिवारको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार