बिष्णु पाण्डे
माघ-२३ पाल्पा । दोभान मावि तिनाउका विद्यार्थीहरुले रोवोटिक उपकरण प्रर्दशन गरेका छन् । विद्यालयमा रोवोटिक तालिम लिएपछी उनीहरुले विभिन्न प्रकारका उपकरणहरुको प्रर्दशन गरेका हुन् । पानी तान्ने मोटर, रिमोटबाट वाल्न मिल्ने वत्तिहरु, मोवाइल एप्सबाट चलाउन सकिने उपकरणहरु, सोलारबाट बल्ने सडक वत्ति लगायतका सामाग्रीहरुको डेमो प्रर्दशन गरेका हुन् ।
दोभान माविमा कक्षा १० मा अध्ययनरत पुष्पा भुसालले अवसर पाएमा सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि रोवोटिक उपकरण वनाउन सकिने बताउनुभयो ।
कक्षा १० कै दीपा उचै पनि ५ दिनमा सिकेको सीपले विद्यार्थीहरुमा हौसला थपेको बताउदै, आगामी दिनमा प्राविधिक तालिम पाएमा अन्य उपकरणहरु बनाउन सकिने बताउनुभयो ।

नटिलस ग्रुप काठमान्डौंले तिनाउ गाउपालिका पाल्पाको सहयोगमा दोभान माविमा ५ दिने आधारभूत रोवोटिक तालिम संचालन गरेको थियो । कक्षा ९ र १० का विद्यार्थीहरुलाई तालिम दिएपछी उनीहरुको सहयोगमा रोवोटिक सामाग्रीहरुको नमुना प्रर्दशन गरीएको प्रशिक्षक इन्जिनियर नुमन सिंजापतीले जानकारी दिनुभयो ।
रोवोटिक सामाग्रीहरुको नमुना प्रर्दशनी पछी प्रतिक्रिया दिदै तिनाउ गाउपालिका पाल्पाका अध्यक्ष ओम वहादुर घर्ती मगरले विद्यार्थीहरुमा उत्साह थपिएको बताउनुभयो । उहाँले गाउपालिकाको सानो सहयोगले विद्यार्थीहरुको प्रतिभा उजागर भएको बताउनुभयो । प्रर्दशनीमा लुम्बिनी प्रदेशसभा सदस्य तुलाराम घर्ती बसन्तले प्रदेशबाट पनि विद्यार्थीहरुलाई प्राविधिक सीप विकासका कार्यक्रमहरु गरिने बताउनुभयो । कार्यक्रमको अध्यक्षता दोभान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रव्यूह थापाले गर्नुभएको थियो ।

Discussion about this post