माघ – २३ आँधीखोला गाउँपालिक स्याङ्जाको गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाको आजको सभा आठौं सभा रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनु भयो। आजको सभाले तीन वटा ऐनलाई सर्वसम्मत रुपमा पारित गरिएको समेत प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो। आजको सभामा जलचर संरक्षण ऐन २०७७, स्थानीय तहमा वातावरण संरक्षण ऐन र बिनियोजन पहिलो ऐन संशोधन पारित गरिएको पालिकाले जनाएको छ।
आजको गाउँ सभाले पारित गरेको वातावरण संरक्षण सम्बन्धि ऐनले बिग्रीदै गएको वातावरण संरक्षण गर्नमा टेवा पुर्याउने अपेक्षा राखिएको छ। स्याङ्जाका गाउँपालिकाहरुले वातावरण संरक्षणलाई जोड दिएको पाइदैन । अन्य गाउँपालिकाले वातावरण संरक्षण भन्दा बिकास विकास निर्माणका कार्य हरुलाई वातावरण लाई नै वेवास्ता गरि अगाडि बढाउदा पर्यावरणीय चक्रमा प्रभाव पर्ने तथा पहाडी भेगमा बाढी पहिरोको जोखिम बढि हुने गरेको पाइन्छ ।
Discussion about this post