चुरामणी तिमिल्सिना
माघ -२४ गुल्मी । कालीगण्डकी कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सत्यवती गाउँपालिका वडा नं १ मा २०६२ सालमा स्थापना गरिएको हो । यसअघि कालीगण्डकी कृषक समूहकाे नाममा २६ जनाबाट सुरु गरिएको सहहकारीले हाल सम्म ४५५ जना शेयर सदस्य तथा ४२ जना बालबचत सदस्य बनाउन सफल भएको सहकारीका अध्यक्ष हरिहर पाण्डेले बताउनु भयो । पाण्डे यस सहकारीका संस्थापक अध्यक्ष समेत बनेर हाल सम्म ६ कार्यकाल अध्यक्ष पदमा कार्यभार समाल्दै आउनुभएको छ । स्थापनाकाे समयमा प्रत्येक सदस्य बाट रु १०० रुपियाँ संकलन गरिन्थ्यो त्यसपछि क्रमश रु २०० हुँदै रु ३०० जम्मा गरिदै आएको सहकारीका व्यवस्थापक मुकुन्द प्रसाद पाण्डेले जानकारी दिनु भयो। पाण्डेकै नेतृत्वमाअस्लेवामा सहकारीले सुपथ मुल्यको पसल पनि सञ्चालन गरेको छ । थोरै रकमबाट सुरु गरेको सहकारीले हाल सम्म २ करोड ११ लाखको कारोबार गर्दै आएको संस्थाका सचिव बिष्णु प्रसाद पाण्डेले बताउनु भयो। पाण्डेका अनुसार सहकारी अाफ्नाे संस्थामा अाबद्ध शेयर सदस्यहरुलाई बिना धितो ५० हजार सम्म र धितो राखेका सदस्य हरुलाइ रु ५ लाखसम्म ऋण प्रदान गर्दै आइरहेको छ । कृषि, पशुपालन, तरकारी उत्पादन लगायतका शीर्षकमा सहकारीले ऋण प्रवाह गरिरहेकाे सचिव पाण्डेले बताउनुभयाे । सहकारीका सदस्यहरुलाई रासायनिक मलमा सहुलियत प्रदान गर्न आफ्नो सहकारीले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको सहकारीका सदस्य तथा वडा न १ का वडा अध्यक्ष भिमलाल पाण्डेले बताउनु भयो । यस सहकारीबाट साना कृषकहरुले प्रत्यक्ष रुपम लाभ पनि लिदै आएका र थप सुबिधाहरु प्रदान गर्न वडाको तर्फबाट आफुले पालिकासम्म पहल गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ।
Discussion about this post