पाल्पामा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा एक जना गम्भीर घाइते

12
SHARES
104
VIEWS

माघ-२५
पाल्पामा आज बेलुका टिप्परले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् । दुर्घटनामा परि घाइते हुनेमा मोटरसाइकल चालक कपिलवस्तु बाणगङ्गा नगरपालिका वडा नम्बर ५ बस्ने संजय कुमार रौतार रहेका छन् । आज बेलुका ५ बजेको समयमा तिनाउ गाउँपालिका वडा नम्बर ३ पानीमिल नजिकै सिद्वार्थ राजमार्गमा पाल्पाबाट चुन ढुङ्गा लोड गरि बुटवल तर्फ जादै गरेको लु २ ख २२०१ नम्बरको टिप्परले बिपरित दिशाबाट आउदै गरेको लु ६४ प ५७६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनु भयो । दुर्घटनामा परि गम्भीर घाइते भएका रौतारको मर्सीसिटी अस्पताल बुटवलमा उपचार भैरहेको सूचना अधिकारी पचभैयाले जानकारी दिनु भयो। घाइतेको अवस्था गम्भीर रहेको छ भने टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार