चुरामणि तिमिल्सिना, माघ २६, २०७७ सोमबार,
गुल्मी : प्राय गरि समाजमा हिजो-आज जन्म दिन फरक फरक कार्यक्रम गरि मनाइएको देखिन्छ। कहिले होटल तथा पाटी प्यालेसमा अनावश्यक खर्च गरेर कसैले असहाय ,अपांग , दुखि गरिब, बिपन्न बर्ग तथा जेष्ठ नागरिक लाई सहयोग गरेर मनाएको नौलो कुरा होइन । तर आज गुल्मी श्रीङगा रुप्से निवासी सामाजिक धार्मिक तथा असहाय ,दुखिका साहारा बनिरहेका पोमलल कंडेलले आफ्नो जन्म दिनको अवसरमा गणेश भगवानको मुर्ती प्रदान गर्नुभएको छ। रोजगारिको सिलसिलामा लामो समय देखि बेलायतमा बस्दै आउनु भएका पोमलालले गुल्मी छत्रकोट गाउँ पालिका वडा न ३ भालु पानी देवी भगवती मन्दिर प्रवेश गेटकै काखमा रहने गरि गणेश भगवानको मुर्ती आजै धर्मपत्नी गिता कंडेललाई सम्बन्धि ठाउमा पुर्याउन आग्रह गर्नुभएको छ । कंडेलले आफ्नै निजि लगानीमा यसै स्थानमा हनुमानको मन्दिर बनाइरहनु भएको छ । यति मात्र नभई रुरुधाममा बस्नु हुने असाय दुखी वृद्ध वृद्धालाई तिथि उत्सव पारेर सहयोग , बाढी पिडित हरुलाई खाद्य सामग्री , लत्ता कपडा, धार्मिक सेवा सञ्चार कार्यलयलाई आबस्यक सहयोग लगायतलाई सहयोग गर्दै आउनु भएको छ । यस्तै मन्दिर प्रवेश गेट निर्माण कार्यकालागि पनि पाँच हजार पाँच सय पचपन्न रुपैया प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
Discussion about this post