सत्यवतीमा स्व. कृष्ण प्रसाद ज्ञवालीका परिवारलाई १४ लाख बिमा बापतको रकम हस्तान्तरण

13
SHARES
106
VIEWS

चुरामणी तिमिल्सिना
माघ-२६- गुल्मीको सत्यवति गाउँपालिका वडा नम्बर ४ लिम्घा निवासि स्व. कृष्ण प्रसाद ज्ञवालीको परिवारलाई दाबी बिमा बापतको रकम १४ लाख हस्तान्तरण गरिएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा मृतक ज्ञवालीले १ ० लाखको म्यादी जीवन बिमा गर्न भएको थियो। उहाँ वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा जानू भएको थियो। उहाँको दिमाख सम्बन्धी रोगबाट मृत्यु भएको बिमा कम्पनीले बताएको हो । बिमा रकम बुझाउने क्रममा लाइभ इन्स्योरेन्स शाखा कार्यलय खैरनीका प्रमुख सबिन सापकोटा , उप प्रमुख कृष्ण प्रसाद भट्टराई , राजेन्द्र ज्ञवालीले उहाकै निवासमा पुगि यो रकम हस्तान्तरण गर्नु भएकोमा हो।रकम हस्तान्तरण गर्दै शाखा प्रमुख सापकोटाले दाजु भाइ दिदी बैनी आमा बुवाहरुले समयमै बिमा गरेमा आफ्ना पछिल्ला सन्ततिलाई समेत सहज हुने बताउनु भयो। हाल सम्म यस कम्पनीले आफ्नो शाखाको रुपमा नेपालका अधिकांश स्थानमा कार्यलय खोलेर काम गरेको सापकोटाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार