पाल्पामा नेपाली बिषयका शिक्षकहरुको दस दिने तालिम सम्पन्न

15
SHARES
127
VIEWS

चुरामणी तिमिल्सिना
माघ-२८ पाल्पा। तानसेनमा सञ्चालित १० दिने शिक्षकहरुको तालिम सम्पन्न भएको छ । पाल्पा , गुल्मी र अर्घाखाँची जिल्लामा कार्यरत २५ जना नेपाली विषयका शिक्षकहरुको पेशागत बिकास प्रमाणीकरण सम्बन्धि तालिम केन्द्रमा सम्पन्न भएको प्रशिक्षक हरि प्रसाद घिमिरे जानकारी दिनु भयो। माघ १८ गते देखि सञ्चालन भएको तालिममा विषयगत सीप विकास , वर्तमान समयमा शिक्षण गराउदा प्रयोग हुने प्रबिधिको प्रयोग जानकारी सीप सहजीकरण गराइएको तालिमका प्रमुख प्रशिक्षक गोपाल प्रसाद बस्यालले जानकारी दिनु भयो । तालिम समापन सत्रमा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय पाल्पाका रमेश राज पौडेलले तालिममा सिकेका कुरा हरुलाई कक्षाकोठामा प्रवेश गरे पछी क्रमैसित विधि अपनाउन आग्रह गर्नु भयो । कार्यक्रममा पाल्पाबाट केश बहादुर सुनारी , गुल्मीबाट खुम प्रसाद मरासिनि र अर्घाखाँचीबाट सीता बन्जाडेले यस तालिमले सबै शिक्षक हरुलाई प्रत्यक्ष रुपमा फाइदा पुगेको र शिक्षण गर्दा तालिम सिकेका विधिहरु अपनाउने प्रतिबद्धता जायर गर्नु भयो । कार्यक्रम लुम्बिनी प्रदेश बुटवलका तालिम प्रमुख यम बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार