चुरामणि तिमिल्सिना
माघ-३०। पाल्पाको तानसेन नगरपालिका- १४ कुसेनीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ। साझेदारी कार्यक्रममा स्थानियलाई घरेलु मदिराले गर्ने असरका बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।प्रशिक्षण कार्यक्रममा प्रहरी चौकी अर्गली, पाल्पाका प्र.स.नि. धर्म बहादुर घर्ती मगर सहितको प्रहरी टोलीले स्थानियहरुलाई समाजमा आइपर्ने समस्याका विषयमा समेत जानकारी गराउनु भएको थियो। कार्यक्रममा मदिरा उत्पादन गर्न भन्दा अन्य फरक-फरक व्यवसाय अवलम्बन गरेर गुजरा सञ्चालन गर्न आग्रह गरिएको थियो। प्रहरी सहायक निरीक्षक घर्ती मगरले समाजलाई सुधार गर्न महिला समुहको महत्त्वपूर्ण भूमिका भएकोले हरेक महिला समुहलाई बेला-बखतमा जम्मा भएर छलफल गर्न समेतआग्रह गर्दै स्थानिय भेगमा कुनै महिलामाथी अपराधीका गतिविधि भएमा वाअ घटना घटेमा तत्काल आफुहरुलाई खबर गर्नसमेत आग्रह गर्नु भएको थियो।
Discussion about this post