लक्ष्मीपुर मावि सत्यवतीमा लक्ष्मीपुर बाल क्लबको पुनर्गठन

16
SHARES
133
VIEWS

चुरामणी तिमिल्सिना
फागुन-२।लक्ष्मीपुर मावि सत्यवती -२,चेहेमीमा रहेको लक्ष्मीपुर बाल क्लवको पुनर्गठन गरिएको छ । आज एक कार्यक्रमका बिच १९ सदस्यीय नयाँ कार्यसमितिको गठन गरिएको हो। जस्मा बिबेक पोखरेल अध्यक्षमा चयन हुनु भएको छ। यस्तै गरि उपाध्यक्षमा बिपना पाण्डे , सचिबमा शम्भु पाण्डे , सह-सचिबमा जुनी परियार, कोषाध्यक्षमा निश्चल परियार र सह-कोषाध्यक्षमा प्रकृति कुँवर रहनु भएको छ । यस्तै सदस्यहरुमा रन्जना तरामु , सागर दर्जी, रेशम परियार इशा कुवर, सोफिया कुँवर , सिजन कुँवर , अनिस पाण्डे , पुर्णिमा दमाइ , मेनुका दर्जी शिशिर कुँवर , अनिस दमाई , इन्शु तरामु र नबिना कुँवर रहनु भएको हो ।क्लबलाई सक्रियता बढाउन संयोजक शिक्षक शेर बहादुर कुँवर र सह- संयोजकमा शिक्षक रामदिन यादव रहनु भएको छ भने बिद्यालयका प्रधानाध्यापक राम प्रसाद पाण्डे संरक्षक रहनु भएको छ। क्लबले बिद्यालयका विविध कार्यक्रममा योगदान पुर्याएको भन्दै प्रधानाध्यापक पाण्डेले धन्यवाद दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार