गुल्मीदरबार गाउँपालिकाको नौलो अभियान “कस्तो छ आमा?” ले चर्चा पाउदै

13
SHARES
111
VIEWS

चुरामणि तिमिल्सिना,
फागुन -५।गुल्मी : गुल्मीको गुल्मीदरबार गाउँपालिकाद्धारा ल्याइएको ” कस्तो छ आमा ?” कार्यक्रम दिनप्रती दिन प्रभावकारी बन्दै गएको पालिकाका अध्यक्ष अशोक कुमार थापाले बताउनु भएको छ। यस पालिकामा असोज २१ गते वडा नम्बर १ बलिथुम स्वास्थ्य चौकीबाट सुरु भएको कार्यक्रमले पालिका तथा जिल्ला भरीनै चर्चा कमाएको पालिकाकी उपाध्यक्ष मिना भण्डारीले बताउनु भयो । सम्पुर्ण वडाका गर्भवती महिलाहरुलाई विशेष सम्मानका साथमा “कस्तो छ आमा?” कार्यक्रम टोल-टोलमा अभिमुखिकरण गर्न पाउदा आफुहरुमा आत्माबल बढेको जनप्रतिनिधिको भनाइ रहेको छ। स्वास्थ्य गर्भवती आमा र स्वस्थ बच्चाको लागि गुल्मीदरबार गाउँपालिकाले “कस्तो छ आमा?” कार्यक्रम जिल्लामा पहिलो पटक सञ्चालन गरेको हुँदा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यनयनका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुका साथै प्रचारप्रसार गर्न समेत पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनु भयो । पाण्डेले गाउँपालिकाले गर्भवती आमाको स्वास्थ्य सुरक्षा र सरसफाई¸ संस्थागत प्रसुती¸ पोषण सेवा र संस्थागत प्रसुतीलाई प्रोत्साहन गर्दै सुखी र स्वस्थ नागरिक निर्माणकोलागि यो अभियान संचालन गरेको हुँदा हरेक गर्भवती महिला र परिवारले पालिकाको यो अभियानलाई सार्थक तुल्याउन आग्रह गर्नु भयो । स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले प्रसुति अवस्था, नवशिशु तथा बाल्यावस्थामा ख्याल गर्नुपर्ने कुराहरु र अपनाउनु पर्ने सावधानी हरुको बारेमा स्वास्थ्य चौकीको फोकल ब्याक्तिले वारम्बार कस्तो छ आमा ? तपाईंलाई भनि प्रत्येक महिना गरि कम्तिमा ३० पटक सोधिने भएकोले कार्यक्रमको नाम “कस्तो छ आमा?” राखिएको स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अर्यालले बताउनु भयो ।

गाउँ घर बस्तिहरुमा महिला गर्भवती भएको खबर पाउने बित्तिकै जनप्रतिनिधिसहित स्वयंसेविका र स्वास्थ्यकर्मी उनको घरमै पुगेर बधाई सँगै गर्भावस्थामा ख्याल गर्नुपर्ने विषयमा सुझाव र सल्लाह सहित गर्भवतीलाइ सन्देशमूलक ऐना, बाबुलाई गर्भको बच्चाले लेखेको चिठी बुझाएर घरमा गर्भवतीको लोगो अंकित हरियो झण्डा टाँसिदिने कार्य योजना अगाडी बडिरहेको बताउनुभयो ।पालिकाले यस्ता गर्भबती महिलाहरुलाइ कोसेली समेत प्रदान गर्दै आइरहेको स्वास्थ कर्मी रामकृष्ण कंडेलले बताउनु भयो। यो कार्यक्रम पालिकाकाले सन्चालन गर्दा समाज र टोलटोलमा पालिकलाइ धन्यवाद पनि दिनेको स्थानियको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार