७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा स्याङ्जा समाज जापानद्वारा बाल गृहलाई आर्थिक सहयोग हस्तान्तरण हुँदै

12
SHARES
101
VIEWS

स्याङ्जा – ६ फागुन २०७७ , जिल्लाको नमुना बालगृह अमोर सेवा बालगृहलाई स्याङ्जा समाज जापानले आर्थिक सहयोग गर्ने जनाएको छ ।

बालगृहको आवासगृह निर्माणकार्यको लागि स्याङ्जा समाज जापानले आर्थिक सहयोग गर्न लागेको हो।

भविष्यका कर्णधार असहाय बालबालिकाहरूको उज्ज्वल भविष्यको लागि जिल्लावासी नेपाली दिदिबहिनी तथा दाजुभाइहरूले दिल खोलेर सहयोग गर्नुभएको छ ।

२६ जना असाह्य बालबालिकाहरूले आश्रय लिइरहेको बालगृहलाई उनीहरूको हेरचाह र लालनपालनमा सहयोग पुर्‍याउने सामाजिक उद्देश्यले स्याङ्जा समाज जापानले आर्थिक सहयोग गर्न लागेको हो ।

देशमा विद्यामान राजनीतिक , सामाजिक , आर्थिक तथा घरयासी कारणले रोजगार र अध्ययनको शिलशिलामा विदेशीन बाध्य जापान निवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले स्याङ्जा समाज जापानको तर्फबाट बालगृहको लागि आर्थिक सहयोग जुटाएका हुन् ।

भोलि फागुन ७ गते बिहान ८ : ३० बजे प्रजातन्त्र दिवसको अवसर पारेर समाजका अध्यक्ष सागरमणि भण्डारी मार्फत बालगृहकी अध्यक्ष तथा संचालिका कमला पराजुलीलाई बालगृह प्रांगण फेदीखोला गा.पा. १ मा सहयोग रकम हस्तान्तरण गरिने कार्यक्रम तय भएको आर्थिक सहयोग संकलन अभियानका संयोजक वेद कार्की स्याङ्जा समाज जापानका महासचिवले जानकारी गराउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार