चुरामणी तिमिल्सिना
फागुन -७। पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ९ चापपानी खहरे खोलामा ४४ औ अखण्ड हरि कृतनको सम्पुर्ण तयारी पूरा भएको मन्दिर समितिका अध्यक्ष टिकाराम तिमिल्सिनाले जानकारी दिनु भयो । बि.स. २०३३ साल देखि समुदायका ४० घरधुरी परिवारले सुरु गरेको कृतन तथा पुजा आजामा हाल सम्म ३० घर मात्र परिवारको आवद्धता रहेको समितिका विशिष्ट सहयोगी तेजलाल तिमिल्सिनाले बताउनु भयो । त्यति बेला यो समाजमा आफ्ना घरमा पालेका गाई ,भैंसी , गोरु र बाख्रा विभिन्न रोगबाट दैनिक बिरामी हुने र मर्न थालेपछि स्थाननियहरु भेला भइ मन्दिर बनाउला अखन्ड २४ घन्टा हरि कृतन गरौला धुप तथा प्रसादी चढाउला भनेपछि पशुहरुमा न त कुनै रोग नै देखियो न त कुनै रोगले मर्न नै थाले यसरी यो अभियान सुरु गरेको हुनाले यस्लाइ कायम राख्न आफुहरु लागि परेको समितिका सदस्य नुरराज तिमिल्सिनाले बताउनु भयो । यता यो भजन कृतन तथा आदी शक्ति भगवती माताको पुजा आजा कार्यक्रमलाई सम्पन्न गर्न समितिले कार्य बिभाजन समेत गरेको छ । यहाँ चापपानी , दर्लमडाडा यम्घा, गुघा पाखन्दी र पाल्पाका भक्तजनको उल्लेखनीय सहभागीता रहने तारा प्रसाद तिमिल्सिनाले जानकरी दिनु भयो । यस भेगमा तीन भगवतीमाताको मन्दिर रहेको र प्रत्येक बर्ष यसैगरी अन्य दुई मन्दिरमा पनि अखन्ड हरि कृतन हुँदै आएको संस्थापक मेघलाल तिमिल्सिनाले बताउनु भयो ।
Discussion about this post