पाल्पामा फरक क्षमता भएकी महिलालाई करणी गर्ने पुरुष पक्राउ

13
SHARES
105
VIEWS

फागुन-७
नेपालमा पछिल्लो समयमा जवरजस्ती करणीका घटनाका सङ्ख्यामा वृद्धि आएको तथ्यांकले देखाएको छ। ३ वर्षीय बालिका देखि पुरुषले पुरुषलाई नै करणी गरेका घटनाहरु सार्वजनिक हुने क्रममा पाल्पामा पुनः जबर्जस्ती करणीको घटना दोहोरिएको छ। जिल्लाको रैनादेवी गाउँपालिका छहरा बस्ने ६५ वर्षका मोहनीलाल खड्काले सोही स्थान बस्ने २३ वर्षिय महिलालाई जबर्जस्ती करणी गरेको घटना पाल्पा प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार फरक क्षमता भएकी महिलालाई करणी गरेको आरोपमा आरोपित खड्कालाई पक्राउ गरिएको हो। शारीरिक रुपमा हिडडुल समेत गर्ने सक्ने अवस्थामा रहेकी महिलालाई करणी गरेको घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार