युवाबर्ष मावि कचलको ३९ औँ वार्षिकोत्सब सम्पन्न

14
SHARES
120
VIEWS


बिष्णु पाण्डे फागुन ९,तिनाउ गाउँपालिका वडा न १ कचलको ३९ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद तुला राम घर्ती मगरले शिक्षित समाजले मात्र समाज परिवर्तन गर्न सकिने भएको गुणस्तरीय शिक्षामा दिनु पर्ने बताउनु भयो ।
विशिष्ट अतिथि तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले विद्यालयको भौतिक विकासमा गाउँपालिकाले ध्यान दिएको तर शैक्षिक गुणस्तरमा शिक्षकहरूले मिहिनेत गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा वडा न १ कचलका वडा अध्यक्ष रोम बहादुर लम्तरी,वडा न २ का वडा अध्यक्ष राजेश श्रेष्ठ,युवा समन्वय समिति तिनाउका अध्यक्ष प्रेम श्रेष्ठ,ज्ञानोदय मा वि ओखलढुङ्गाका प्र अ हरि नारायण पौडेल,अभिभावक संघको अध्यक्ष शान्ता खण्डका लगाएतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
सहायक प्र अ डोल बहादुर लम्तरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको संचालक शिक्षक केशब भण्डारीले गर्नु भएको थियो । विधालयका प्र अ प्रेम बहादुर खत्रीले १ करोड ७४ लाख बराबरको बार्षिक आय व्याय प्रस्तृत गर्नुभएको थियो । कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा ३ सय ५० विद्यार्थी र १९ शिक्षक कर्मचारी रहेका छन ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेवन्त बहादुर छहरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार