फागुन -१०
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ५ बेल्टारी र पाल्पाको बगनासकाली गाउँपालिकाको दर्पुक जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ। आज एक कार्यक्रमका बिच कृषि तथा पशुपन्छी बिकास मन्त्री पद्मा अर्यालले उक्त पुलको शिलान्यास गर्नु भएको हो।
गत भदौ १ गते सम्झौता गरिएको मोटरेबल पुल सम्झौताको ३३ महिना भित्रमा सक्नु पर्ने उल्लेख गरिएको छ। निर्माणको जिम्मा गौरा पार्वती न्यू टेक्निकल जेभी कुपोन्डोलले लिएको छ। पुल निर्माण १५ करोड ३९ लाख २८ हजार ६७९.५० रुपैयाँ लागतमा निर्माण हुन लागेको हो। दायाँबायाँ १.७५ लम्बाई फुटपाथ रहेने उक्त पुलको ११ मिटर चौडाई हुने छ । कुल १२० मिटर लम्बाईको पुल २ स्पान रहने सडक डिभिजन कार्यलयका प्रमुख भिम अर्जुन कंडेलले जानकारी दिनु भयो। उक्त पुलको निर्माण पश्चात् स्याङ्जाको कालीगण्डकी गाउँपालिका र पाल्पाको बगनासाकाली गाउँपालिका यातायातका साधन सहित आवतजावतमा सहज हुने अपेक्षा राखिएको छ।
Discussion about this post