काठमाडौ -(फागुन-१३) कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलीमा लागुपदार्थ दुर्व्यसनी बिरुद्द जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।मनोहरा जेसिसले आज काठमाडौको कागेस्वरि मनोहरा नगरपालिका थलि स्थित मिनिल्यान्ड स्कुलमा बिद्यार्थी तथा स्थानीय युवाहरु लक्ष्यित गरि लागुपदार्थ दुर्व्यसनी बिरुद्ध जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख प्रशिक्षक तथा मनोहरा जेसिसका मिडिया सम्योजक उमेश भट्टराईले युवा बिद्यार्थी देशको मेरुदण्ड भएको बताउदै युवा विद्यार्थीहरुलाई कुलतमा फस्ने सम्भावनालाई ध्यानमा राखि यस्ता कार्य रोक्न के के गर्न सकिन्छ भन्ने कुरामा प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षक भट्टराई ले लागू औषधका प्रकार र लागू औषधको प्रयोगले मानव शरिरमा हुने असर, र कानुनी कारवाही सम्बन्धमा श्रव्य दृश्य सहित सहजीकरण गर्नुभएको थियो ।

मनोहरा जेसिसका बर्ष २०२१ का अध्यक्ष सागर रोक्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्योजक जेसी पल बज्राचार्यले बिद्यार्थीहरुलाई लागूऔषधका असर, प्रकार बारे जानकारी गराउनुको साथै त्यसको असर र बच्ने उपायका बारेमा प्रष्ट पार्नु भएको थियो । विद्यालयका प्राचार्य मणिराम वाग्लेले यस्ता कार्यक्रमले युवा विद्यार्थीहरुमा सकारात्मक संदेश जाने भन्दै मनोहरा जेसिसलाई कार्यक्रम गर्न आफ्नो विद्यालय नै छ्नौट गरेकामा धन्यवाद दिनु भयो ।



















Discussion about this post