फागुन -१४
पाल्पामा हिजो राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा रामपुर नगरपालिका वडा नम्बर ६ बिजयपुर बस्ने करिब ३० वर्षका सन्जु आले रहेका छन् । जिल्ला प्रहरी कार्यलय पाल्पाले दिएको जानकारी अनुसार हिजो राती ९:३० बजेको समयमा रामपुर नगरपालिका वडा नम्बर ७ किसानबारी स्थित भित्री सडक खण्डमा खप्टारबाट बिजयपुर तर्फ जादै गरेको लु १३ प ६८१४ नम्बरको मोटरसाइकल अनियंत्रित भइ ५/७ मिटर तल खस्दा उक्त दुर्घटना हुन पुगेको हो। दुर्घटनामा परि घाइते भएका सन्जु आलेलाई उपचारका लागि रामपुर अस्पताल लगिएकोमा डाक्टरद्वारा मृत घोषणा गरिएको थियो। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Discussion about this post