कृषिमा फड्को मार्दै सत्यवती गाउँपालिका

12
SHARES
102
VIEWS

चुरामणी तिमिल्सिना
फागुन -१४। “घर-घरमा उन्नत पशु हात हातमा क्यान टोल टोलमा संकलन केन्द्र पोषण र आयआर्जनमा ध्यान” भन्ने मुल नाराका साथ गुल्मीको सत्यवती गाउँपालिकामा लागत साझेदारिमा भैंसी प्रबर्द्धन कार्यक्रम सञ्चालन भैइरहेको छ । गाउँपालिकाले वडा नम्बर ६ चोरकाटे देखि वडा नम्बर २ चेहेमी सम्म तल्लो सडक खण्डलाइ केही समय पहिला चोरकाटे चेहेमी दुग्ध करिडोर नामक कार्यक्रम गरे संगै किसानहरु उत्साहीत भइ लागि परेका पालिकाका अध्यक्ष पारिस्वर ढकालले बताउनु भयो । यो आर्थिक बर्ष सम्म पालिकाले आफ्नो क्षेत्रमा बितरण गर्नको लागि उन्न्त जातका ७०ओटा भैसि खरिद गरि धमाधम वितरण अभियान सञ्चालन भइरहेको पालिकाकी उपाध्यक्ष सुबर्ण सेरचन शाहिले बताउनु भयो ।

वैदेशिक रोजगारमा गएर फर्केका तमाम युवाहरुलाई यो कार्यक्रमले प्रत्यक्ष फाइदा पुग्ने भएकोले यस अभियानमा जोडिन र आयार्जन गर्न ठुलो टेवा पुग्ने पालिकाका पशुपन्छि शाखा प्रमुख नारायण खनालले जानकारि दिनु भयो ।यस अभियानलाइ तिब्रता दिन कृषकलाई उत्साहीत बनाउन वडा नम्बर २ अस्लेवमा “अस्लेवा उन्नत पशुपालक तथा दुग्ध उत्पादक कृषक समुह लाई दुध सङ्कलन गर्न आवश्यक पर्ने क्यान, लेक्टो मिटर , पन्चिङ , डि फ्रीज लगयतका सामग्री औपचारिक कार्यक्रम गरि हस्तान्तरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिस्वर रेग्मीले बताउनु भयो ।

झन्डै दैनिक १५० लिटर दुध अहिले पालिकाबाट रिडी गौरब डेरिलाई पठाइरहेको र अव केही समय पछी ४०० लिटरको सेरोफेरोमामा बजारिकरण गर्ने अभियान सञ्चालन गर्ने योजना अगाडि बढिरहेको वडा नम्बर १ का वडा अध्यक्ष भिमलाल पाण्डेले बताउनुभयो । अहिले अस्लेवा रामबारि चेहेमि खैरेनिबाट दुध उत्पादन भइ रहेको पाण्डेले बताउनु भयो । पालिकाले कार्यक्रमलाइ प्रभावकारी बनाउन ४ वटा मुर्‍रा जातका राघा राष्ट्रिय पशु-प्रजनन कार्यलय पोखराबाट समेत खरिद गरि समुहमा बिभाजन गरेको अध्यक्ष ढकालले बताउनु भयो । कार्यक्रममा गौरब डेरिका सञ्चालक रबि लाल पन्थ, अगुवा कृषक अर्जुन कनौजे, सामाजिक अभियानताहरु , जन प्रतिनिधिहरु कृषक बर्गहरुको उल्लेखनिय सहभागीता रहेको थियो कार्यक्रममा बोल्दै अगुवा कृषक कनौजेले जुन सुकै व्यवसाय सञ्चालन गर्दा पनि हिसाब पारदर्शी तरिकाले राख्न सकेमा आफु कत्तिको आत्म निभर भएको र कति आम्दानी लिन सके भन्ने थाहा हुने भएकोले आर्थिक लेखा-जोखा गर्न किसानहरुलाई आग्रह गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार