फागुन -१५
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित प्रसिद्ध मन्दिर आलम देवी मन्दिरलाई भट्टराई दम्पतीद्वारा तीन जना क्षमताको स्टिलको कुर्ची , घण्टी र नगद प्रदान गरिएको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ बर्तुङ फेदी निवासी हाल पोखरा महानगरपालिका वडा नम्बर ७ बस्दै आउनु भएका श्री भिम लाल भट्टराई र श्रीमती इन्द्रा भट्टराईद्वारा आफ्ना पिता स्व. घन्सी राम भट्टराई र आमा लक्ष्मी भट्टराई तथा दाजु ज्ञान प्रसाद भट्टराईको पुण्य स्मृतिमा मन्दिरलाई उक्त सहयोग प्रदान गर्नु भएको हो। हजुरबुबा तथा बुवाको पाला देखि आलमदेवी माता प्रती आफ्नो परिवारको गहिरो आस्था रहेकोले आफुले सक्दो सहयोग गरेको सहयोगीदाता भिम लाल भट्टराईले बताउनुभयो । आफ्नो तर्फबाट उक्त सामग्री गत फागुन १३ गते मन्दिर व्यवस्थापन समितिका सदस्य चमन सिंह थापालाई प्रदान गर्नु भएको जानकारी दिनु भयो। आगामी दिनहरुमा पनि हामी सवैको आस्थाको धरोहर आलम देवी मन्दिरलाई सक्दो सहयोग गर्ने भट्टराईले बताउनु भयो। आफुले उक्त सामग्री पछिल्लो समयमा आलम देवी मन्दिर परिसरलाई थप व्यवस्थित बनाइएको र सहयोगी दाताहरुबाट मन्दिरलाई सहयोग आउने क्रम जारी रहेको मन्दिर व्यवस्थापन समितका सचिब प्रथ थापा मगरले जानकारी दिनु भयो। मन्दिरलाई सहयोग गर्ने सम्पूर्ण दाताहरु प्रती थापाले हार्दिक आभार समेत व्यक्त गर्नु भयो।
Discussion about this post