श्री जनज्योति क्लबद्वारा महिला भलिबल प्रतियोगिता सम्पन्न

16
SHARES
135
VIEWS

फागुन १५

स्याङ्जा – ३९ औ मगर एकता दिवसको अवसरमा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ स्याङ्जामा अवस्थित श्री जन ज्योति क्लब देउरालीले आयोजना गरेको महिला भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ।

जन ज्योति क्लब देउरालीको आयोजनामा रहेको उक्त प्रतियोगितामा ९ वटा महिला समूहहरुले सहभागीता जनाएका थिए। जस मध्ये श्रीनगर भलिबल समूह तानसेन पाल्पा प्रथम , बिर्घा युथ क्लब कालीगण्डकी ४ बिर्घा स्याङ्जा द्वितीय र दिप बोर्डिङ स्कुल बुटवलको समुहले तृतीय स्थान हासिल गर्न सफल भएको हो। यस्तै गरि श्री भगवती जनकल्याण युवा क्लब रिप्दी स्याङ्जाले सान्त्वना स्थानमा नै चित्त बुझाएको थियो।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल समूहलाई पुरस्कार स्वरुप नगद रु ३०,००० , मेडल र प्रमाणपत्र , द्वितीय स्थाना हासिल गर्ने समूहलाई नगद रु २०,००० मेडल र प्रमाणपत्र र तृतीय स्थान हासिल गर्न सफल समूहलाई नगद रु १०, ००० मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। यस्तै गरि सान्त्वना स्थान हासिल गर्न सफल समूहलाई नगद रु ५,००० , मेडल र प्रमाणपत्र गरिएको थियो।

खेलकुदको क्षेत्रमा महिलालाई स्थापित गर्ने उदेश्यका साथ पछिल्लो चरणमा महिला भलिबल प्रतियोगिताका आयोजनाले तिब्रता पाउन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार