रामकृष्ण कंडेल । फागुन १६ गुल्मी । दुबै मृगौला फेल भएकी गुल्मीदरबार गाउँपालिका वडा नम्बर -६ बगैंचा निवासी ३६ बर्षिय सिता बिकलाई उपचारको लागी आर्थिक अभाव भएको छ । बिकको दुइ बर्ष अघि देखि दुबै मृगौला फेल भएको र उपचार चलिरहेको छ । २ छोरी र २ छोराहरु गरि ४ सन्तानकी आमा मृगौला पिडित बिकका श्रीमान् कृष्ण बिक दैनिक बिहान साझको छाक टार्न र छोराछोरी को पठनपाठनको लागि भारतमा मजदुरी गर्न गएको र आफ्नि श्रीमति बिरामी भएपछि अस्पताल लैजाने ल्याउने गर्नु पर्ने घरमै बिस्तरामा परेकी श्रीमतिको स्याहारसुसार गर्नु पर्ने हुदा घरमै बस्नु परेको बताउनुहुन्छ । बिक भन्नुहुन्छ कक्षा ११ मा अध्ययन गर्दै गरेकी जेठि सन्तान छोरीलाइ आर्थिक अभावमा बिद्यालयबाट छुटाउनु पर्यो माइलि छोरि कक्षा ९ मा र अन्य दुइ छोरा एउटा कक्षा ७ र कक्षा ६ मा पढ्छ्न अवस्था बिजोग छ । हप्तामा ३ पटक गौतम बुद्द मुटु तथा मृगौला अस्पताल बुटवलको शाखा गौतमबुद्द डाइलाइसिस सेन्टर पाल्पामा लैजानु पर्छ । डाइलाइसिसमा त अहिले पैसा लागेको छैन एम्बुलेन्समा लैजानु पर्छ बिरामिको अवस्था नाजुक छ एक्लै लैजान सक्दिन जादा आउदा खानपिन यताउता गर्दा एकपटकमा आठ दस हजार खर्च हुन्छ । गाउँपालिका, स्थानिय बिद्यालयहरु , समाजसेवी , बिभिन्न संघ संस्थाहरु , आमा समुहहरुबाट सहयोग त भएकै छ तर प्रयाप्त छैन् बिक भन्छ्न पाल्पाले थप उपचारको लागि काठमाडौं लैजान भन्नुभएको छ पैसा छैन कसरि लैजाने ??? गहभरी आशु बनाउदै बिकले अगाडि भने बिहान साझ हातमुख जोर्नको लागी घरमा कमाउने मै एउटा हुम म पनि बिरामीको स्याहारसुसार गर्दा गर्दै ठिक्क छ के गरौ हजुर मार्फत कोहि सहयोगी भएमा सहयोगको लागी अपिल समेत गर्दछु । यसै बिच गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ स्थित चारपाला फ्रेन्डस क्लबको पहलमा संकलित ८६ हजार आर्थिक सहयोग पिडितलाइ प्रदान गरिएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचारमा समस्या परिरहेको हुँदा गुल्मी दरबार गाउँपालिका वडा नम्बर – ६ मा स्थापना भएको चारपाला फ्रेन्डस क्लबका वैदेशिक रोजगारीको सिलसिलामा विदेश रहनु भएका सदस्य र अन्य साथीभाइहरुले उपचारको लागी ८६ हजार सहयोग गरेको क्लबका सल्लाहकार जिवलाल पौडेलले जानकारी दिनुभयो ।उक्त रकम एक कार्यक्रमका बिच मृगौला पिडित बिकको घरमै पुगेर हस्तान्तरण गरिएको छ सहयोग गर्नेहरुमा क्लबका संस्थापक सदस्य हाल अस्ट्रेलियाबाट सुबोध थापाले रु १० हजार , सदस्यहरु शोभियत शाही हाल दक्षिण कोरिया बाट रु १० हजार, दिपक कुवर हाल युएइबाट रु १० हजार,अर्जुन थापा हाल युएइबाट रु १०हजार, केशव थापा हाल साउदी अरब बाट रु १० हजार , प्रकाश शाही हाल कतारबाट रु १० हजार,कुमार सारु हाल भारतीय सेना मा कार्यरतबाट १० हजार, निशा जिसिले अमेरिकाबाट रु १० हजार र क्लबको कोषबाट रु ६ हजार गरि जम्मा ८६ हजार रकम हस्तान्तरण गरिएको क्लबका अध्यक्ष सन्तोष कुमार थापाले बताउनु भयो । तेस्तै गुल्मीदरबार गाउपालिका बाट रु १० हजार , इश्वरि माध्यमिक बिध्यालय बाट रु ११ हजार २ सय ५ सहयोग गरिएको प्रधानाध्यापक हरि बहादुर कार्कीले बताउनु भयो । गङ्गा आधारभुत बिध्यालयले ११ हजार ७ सय प्रदान गरिएको प्रधानाध्यापक इन्द्र बहादुर थापाले बताउनु भयो । समृध्द चारपाला युवा अभियानले पनि रु १० हजार नगद सहयोग गरेको अभियन्ता भिम बहादुर टन्डनले बताउनु भयो ।चारपाला फ्रेन्डस क्लबका सल्लाहकार जिवलाल पौडेलले सहयोगको लागी सम्पुर्ण देश बिदेशमा रहनुभएका नेपाली हरु सङ्ग अपिल गर्नुभएको छ । सहयोग को लागी मृगौला पिडितको सिता बिश्वकर्माको नाममा रहेको नेपाल एसबिआइ बैकको खाता नम्बर २०९१५२४१४०३३५२ श्रीमान कृष्ण बिकको मोबाइल नम्बर ९८४७४४११०७ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
Discussion about this post