३९ औ मगर दिवस घुरडाँडा स्याङ्जामा पनि मनाइयो

21
SHARES
175
VIEWS

फागुन -१६
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर २ घुरडाँडा स्याङ्जामा पनि ३९ औ मगर एकता दिवस एक कार्यक्रमको आयोजना गरि मनाइएको छ। नेपाल मगर संघ कालीगण्डकी गाउँपालिकाको २ घुरडाँडा इकाई समितको आयोजनामा उक्त कार्यक्रम भएको स्थानीय समाजसेवी खडक झेडी मगरले जानकारी दिनु भयो। अर्घाम्दी स्थित श्री जन फ्रेन्ड्स क्लब घुरडाँडाको खेल मैदानमा भएको उक्त कार्यक्रममा कार्यक्रमको सभापतिको रुपमा नेत्र झेडी मगर , प्रमुख अतिथि दर्शन राना मगर र बिशिस्ट अतिथि सुमित्रा रेस्मी राना रहनु भएको थियो । कार्यक्रममा शान्ति झेडी मगर , खडक झेडी मगर, डम्बर राना तथा सुमित्रा रेस्मी रानामगर लगायतले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि दर्शन रानाले नेपालको तेस्रो जनसंख्याको रुपमा रहेका मगर जातिहरु भएको, समाबेशी कोटा समेत हटाउन सक्ने भएकोले एक जुट हुने विकल्प नभएको अनि भाषा संस्कृतीलाई पनि हरेक मगर वस्तीहरुमा प्रचारप्रसार गरि संरक्षण गर्नु पर्ने धारणा राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन जीवन झेडी मगरले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार